मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारी रोक्ने औषधि सेवन गर्दा यति धेरै जोखिम 

महिलाहरूमा हुने महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिनामा हुने गर्छ । हिन्दु धर्मावलम्बीहरूमध्ये कतिपयले महिनावारी हुनुलाई अछुत मान्छन् ।

यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट वञ्चित हुने गरेका छन् । विशेष चाडपर्वहरू दसैँ, तिहार, पूजापाठबाट वञ्चित हुने डरले महिनावारी हुने समय भएको अवस्थामा कतिपय महिलाहरूले महिनावारी पछि सार्न अथवा अगाडि सार्नका लागि औषधि सेवन गरेको पाइन्छ ।

यसरी जथाभाबी औषधि खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने  स्त्रीरोग विशेषज्ञ डा.सुमी मुनंकर्मी बताउँछिन् ।  

महिनावारी पछि सार्ने औषधीहरू भनेको हर्मोन हो । एक महिलामा महिनावारी नियमित रूपमा हुनको लागी हर्मोनहरु आफै शरीरबाट निस्कने हुन्छ ।

जब हाम्रो शरीरमा हर्मोन सकिन्छ यसको असर पाठेघरमा पर्ने हुन्छ र महिनावारी हुने गर्छ । र हामीले प्रयोग गर्ने औषधीले सकिन लागेको हर्मोनलाई यथावत् राख्छ र महिनावारी पर सार्छ ।

महिनावारी पर सार्ने औषधिले खासगरी महिलाको हर्मोनलाई असन्तुलित बनाउन सक्छ । यसैको कारण औषधि सेवनपछि रक्तस्राव बढी हुने जोखिम हुन्छ । महिनावारी गडबड हुनसक्छ, जीउ दुख्न सक्छ । 

डा.सुमी मुनंकर्मी अत्यावश्यक अवस्थामा बाहेक यस्ता औषधीको सेवन गर्न नहुने बताउँछिन्।  बारम्बार यी औषधी प्रयोगमा ल्याउँदा लामो समयसम्म महिनावारी नहुने, अनियमित रक्तस्राव हुने जोखिम रहने उनको भनाइ छ । 

यस्ता महिनावारी रोक्ने औषधिहरूले विशेषतः हर्मोनको मात्रा बढाएर महिनावारी नगराउने हो । यो औषधीको सेवन गर्न छोडेपश्चात् स्वतः हर्मोन घट्छ र केही दिनपछि महिनावारी पक्रिया शुरु हुन्छ, गर्भवती नभएको अवस्थामा  । 

एकै समस्याका लागी बजारमा दशौथरी औषधीहरू उपलब्ध हुन्छन् । मेडिकलमा राखिएका औषधी कुन सेवन गर्न हुने र कुन नहुने भन्ने त हुँदैन तर पनि पा्रेजोस्टोन पिल्स नामक हर्मोन बढाउने औषधी सेवन गर्नु प्रभावकारी र सुरक्षित हुन्छ । 

यो कुरा पनि व्यक्ति विशेषमा भर पर्छ । मुख्य कुरा तपाईँको महिनावारी तालीका कस्तो छ समयमै महिनावारी हुन्छ की हुँदैन भन्ने कुरा पनि मुख्य रहन्छ ।

यदि तपाईँमा नियमित महिनावारी हुन्छ भने महिनावारी हुनुभन्दा ५ देखी ७ दिनअघि यसको सेवन गर्नुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?