मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् चिकित्सकका सुझाव

बिस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्ध वृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्।

यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्।

किन हुन्छ निमोनिया ? चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ, यसबाट कसरी बच्ने ?

यस्ता छन् जनरल फिजिसियन डा. रक्षा गौतमका सुझाव

चिसो मौसममा हुने निमोनिया के हो ?
साधारण भाषामा बच्चाको छातीमा हुने ‘इन्फेक्सन’लाई निमोनिया भनिन्छ। फोक्सोमा आउने एक प्रकारको खराबी नै निमोनिया हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ।

ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया भनेको बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये मुख्य रोग हो। यसको सङ्क्रमण सबैभन्दा बढी दुई वर्षमुनिका साना बालबालिकालाई हुन्छ।

चिसो बढेसँगै देखिने सामान्य रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?
नेपालमा २०१६ मा भएको मौसमी फ्लुको अध्ययनले पुस र माघ महिनामा र असार र साउनमा गरेर वर्षमा दुई पटक मौसमी फ्लुले आक्रमण गर्ने देखाएको थियो ।

पुस र माघमा जाडो हुने र असार र साउनमा पानी पर्ने र चिसो हुने हुँदा भाइरसको सङ्क्रमण द्रुत गतिमा फैलिने हुन्छ। यसलाई मौसमी फ्लु भनिएको हो।

जुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्न हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन। कमन कोल्डको भ्याक्सिन हुँदैन, मौसमी रुघाखोकीको फ्लुको चाहिँ भ्याक्सिन हुन्छ।

त्यसैले भदौ र असोजमा बिरामीलाई वर्षमा एक भ्याक्सिन लगाउनुहोस् भनिएको छ। यो लगाएर कुनै समस्या आउँदैन भन्ने हुँदैन। तर, ज्यानै गुमाउनु पर्ने अवस्था हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?