जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्छन्, उनीहरु स्वस्थ, बुद्धिमान हुन्छन् भन्ने भनाइ छ ।
बिहानीले दिनको संकेत समेत गर्छ भन्ने गरिन्छ । त्यसैले हामीले बिहान उठ्नेबित्तिकै के गर्न हुन्छ के गर्न हुँदैन जान्नु अति नै आवश्यक छ । बिहानको समयमा तपाईले यी कुरामा ध्यान दिनुभएमा तपाईंलाई फाइदै–फाइदा हुन्छ ।
बिहान उठ्नेबित्तिकै ध्यान दिनुपर्ने कामहरु
-बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला । यसले शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा रोग र भयको सम्भावना बढी शरीरमा उत्पन्न गराउँछ ।
-बिहान ढिलासम्म नसुत्नुहोस् । सूर्य उदाउनु अगाडि उठेको राम्रो हुन्छ ।
-बिहानै मोबाइलमा कुरा नगर्नुहोस । यसले वादविवाद समेत निम्त्याउन सक्छ ।
-बिहान कसैमाथि नकारात्मक विचार नराख्नुहोस् ।
-बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने नगर्नुहोस् र जनावरहरुको तस्बिर रुममा राख्नु भएको नहेर्नुहोस् । शास्त्रीय ढंगले जनावरहरुको तस्वीर हेर्नु पनि उचित मानिँदैन ।
– बिहानै मसलेदार खाना, खैनी चुरोट र चिया खाँदै नखानुहोस् ।
–बिहान कालो चिया वा तुलसीको पातको सख्खर प्रयोग गरेर पिउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया