काठमाडौँ – अहिले देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भई रहेको छ भने देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
आज दिउसो भने कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया