मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ  – वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाडौँ कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आबद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरुपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रुपैयाँ सम्म उठाउने गरेको, बैङ्क खातामा २ सय भन्दा बढी व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरुपयोग एवम् ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?