काठमाडौँ – काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोबास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिन भित्र आवेदन दिन आव्हान गरेको छ ।
महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया