काठमाडाैँ – यदि तपाई मधुमेह रोगी हुनुहुन्छ भने आफ्नो आहारमा सलाद र तरकारी अवश्य खानुहोस् । मधुमेहका बिरामीले आफ्नो आहारमा फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यसले चिनीको मात्रा नियन्त्रणमा राख्छ।
खराब खानपान र जीवनशैलीका कारण नेपालमा मधुमेहका बिरामीको संख्या तिव्र गतिमा बढिरहेको छ । रगतमा चिनीको मात्रा बढेपछि शरीरका धेरै अंगहरु पनि प्रभावित हुन्छन् । त्यसैले मधुमेहलाई साइलेन्ट किलर पनि भनिन्छ ।
यदि तपाई मधुमेहको रोगी हुनुहुन्छ भने तपाईले ब्रोकाउली खानुपर्छ । किनभने यसमा आइरन, भिटामिन सी, फाइबर, प्रोटिन, क्याल्सियम, सेलेनियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ। हरियो तरकारीमा सल्फोराफेन पाइन्छ जसले मधुमेहका बिरामीको रक्तसञ्चारमा हुने क्षतिलाई रोक्न मद्दत गर्छ।
पालक एक प्रकारको सुपरफुड हो। यसमा आइरन, भिटामिन सी र एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। मधुमेहका रोगीहरूले पालक खानुपर्छ । यसमा कम ग्लाइसेमिक सूचकांक (15) छ। जुन मधुमेह रोगीहरुका लागि निकै राम्रो हुन्छ ।
कागतीमा प्रशस्त मात्रामा पानी हुन्छ । यो खाँदा शरीरमा पानी भरिन्छ । कागतीले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्छ । यसको GI १४ हो।
गाजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन ए, पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ। जुन मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । उमालेको गाजर पनि खान सकिन्छ ।
लेडीफिंगरमा पोटासियम, भिटामिन बी, भिटामिन सी, फोलिक एसिड, फाइबर र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ। यदि मधुमेह रोगीले यसलाई दैनिक खाएमा धेरै लाभदायक हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया