मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुँडिखेलमा ‘सिप मेला २०८१’ को रौनक

काठमाडौँ– टुँडिखेलमा ‘सिप मेला २०८१’ शुरु भएको छ । काठमाडौं महानगरपालिकाले रोजगारी र उत्पादनसँग जोडेर व्यवहारिक बनाउने लक्ष्यसहित १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ थालिएको हो ।

‘विश्व मजदुर दिवस’को अवसर पारेर थालिएको तालिममा २ हजार ८१ जनालाई सिपमुलक तालिम दिएर तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य महानगरको छ ।

विगतका अरु तालिमभन्दा अहिलेको तालिम फरक रहेको महानगरकी उपमेयर सुनिता डंगोलले सुनाइन् ।

‘विगतमा पनि धेरै तालिम भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव नै छ, भन्ने गुनासो आइरहन्छ’, उनले भनिन्, ‘अर्काेतिर युवायुवती योग्यता अनुसारको जागिर पाइएन भनेर दुःख मनाउ गर्नुहुन्छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउने रहेछ ।’

विगतको यो अभ्यासलाई सुधार गर्दै उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ सँग जोडेको उनको भनाइ छ । तालिमका लागि धेरै जना युवाहरुको उपस्थिति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?