मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाइफलको यती धेरै औषधीय महत्त्व

१. मुखभित्रको छाला वा जिब्रोमा फोका-खटिरा आएमा जाइफललाई पिसेर एक गिलास पानीमा मिलाई कुल्ला गर्नाले चाँडै आराम मिल्छ ।

२. एक ग्राम जाइफलको धूलोलाई आधा गिलास पानीमा मिलाई बिहान बिहान सेवन गर्नाले पेट फुल्ने, दुख्ने समस्या वा पातलो दिसा लागेको छ भने तत्कालै ठिक हुन्छ ।

३. जाइफललाई आमाको दूधसँग घोटेर बच्चालाई एक-आधा चम्चा खुवाउनाले रुघाखोकी हराउनुको साथै सर्दीको विकारहरू हटेर जान्छ ।

४. १० लिटर पानीमा ५० ग्राम नुन हालेर उमाली हप्ता दश दिनसम्म नियमित नुहाउनाले छालाको रोगबाट पूर्णपुरमा छुटकारा मिल्दछ ।

५. तीन ग्राम धूलो नुन गाईको गहुँतमा मिलाएर हप्ता दिनसम्म बिहान बिहान नियमित पिउनाले पेटको कीरा मर्दछ ।

६. २०-२५ ग्राम नुनलाई तातो पानीमा मिलाएर उक्त पानीले हातखुट्टा मालिस गर्नाले हातखुट्टाको छाला खस्रो भएमा कोमल र सुन्दर भएर आउँछ । नुन पानीले नियमित हातखुट्टा धुनाले सुख्खापन हट्नुका साथ घाउ खटिरा आएको छ भने पनि निको हुन्छ ।

७. तातो पानीमा डेढ चम्चा नुन हालेर हप्ता दश दिनसम्म नियमित मुख धुनाले मुखमा आएको चायाँ पोतो हराएर जान्छ । नुन पानीले मुख धुँदा आँखा बन्द गर्नुपर्दछ । मुख धोएपछि नरम तौलियाले बिस्तारै पुछ्नुपर्दछ ।

८. एक चिम्टी नुनलाई १० मिनेटसम्म जिब्रोमा राखेर एक गिलास चिसो पानी पिउनाले टाउको दुखेको छ भने तुरुन्तै आराम मिल्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?