मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खडेरीले बाराको दक्षिणी भागमा चैते धान रोपाइँ भएन

बारा – चैतभित्रै किसानले चैते धान रोपाइँ सम्पन्न गरी सक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् ।

दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् । भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादन बढी हुने भएकाले चैते धान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् ।

गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?