काठमाडौँ – उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’ आजदेखि प्रदर्शनमा आएको छ ।
सोसल–ड्रामामा आधारित कथावस्तुमा निर्माण भएको यो फिल्म घोषणाबाटै चर्चामा रहेको थियो भने फिल्मले प्रिमियरमा पनि राम्रो प्रतिक्रिया पाएको छ ।
यस फिल्ममा निर्देशक सुब्बाले सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रूपमा बलियो गरी उठाएका छन् ।
‘स्टारकास्ट’ र ट्रेलरले बढाएको हाइपलाई मध्यनजर गर्दै फिल्मलाई मल्टीप्लेक्सहरुले ठूलो मात्रामा शोज दिएका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो १४ वटा हलमध्ये काठमाडौंमा २८ र मोफसलमा ४१ शोज दिएको छ ।
अवस्था हेरेर शोज थप बढ्न सक्नेछ भने वान सिनेमाजले दुईटा आउटलेटमा १२ शोज र बिग मुभिजले ६ शोज दिएको छ । पहिलो दिन फिल्मले देशभर करिब साढे २ सय शोज पाउने छ ।
ठूला मल्टिप्लेक्स चेनमा उच्च शो, सार्वजनिक ट्रेलर, कलाकार र कबड्डीको ब्रान्डका कारण फिल्मले प्रतीक्षित बन्नेछ भन्ने अनुमान छ ।
जारी जस्तो सफल फिल्म दिएका सुब्बाको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।
सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया