मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने आज दिउसो लुम्बिनी, गण्डकी,कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि  मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै आज राती लुम्बिनी, गण्डकी,कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि  मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले कोशी,र गण्डकी प्रदेशका एक दुइ स्थानमा हावा–हुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अनुरोध समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?