मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानिस प्रेममा पर्नुका पछाडिको यस्तो छ मनोवैज्ञानिक कारण

काठमाडाैँ- जब सामान्य मानिसले प्रेमको बारेमा सोच्दछ, यसमा कुनै वैज्ञानिक दृष्टिकोण हुँदैन । तर वैज्ञानिकहरुका लागि भने कुनै मानिस प्रेममा पर्नु एउटा सोचाइ मात्र नभएर कुनै न कुनै प्रकारको विज्ञान समेत जोडिन्छ ।

वैज्ञानिकहरुका अनुसार प्रेमको अनुभवलाई रसायन विज्ञानको मद्दतले बुझ्न सकिन्छ । आज हामी तपाईलाई मानिस प्रेममा पर्नुको पछाडिको वैज्ञानिक कारणबारे जानकारी दिँदैछौँ ।

प्रेममा पर्नुका पछाडिका वैज्ञानिक कारण

इच्छाशक्ति

जब तपाईंको भेट त्यो व्यक्तिसँग हुन्छ, जसले तपाईको ध्यान आफूतिर आकर्षित गर्न सक्छ । तब तपाई प्रेममा पर्न सक्नुहुन्छ । विभिन्न अध्ययनहरुका अनुसार यौन इच्छा उत्पन्न गर्ने हर्मोनका कारण यो चरण शुरु हुन्छ । मानिसमा एस्ट्रोजेन र टेस्टोस्टेरोन जस्ता हर्मोनहरुको उत्पादन बढ्दै जाँदा यौन सम्भोग र प्रजननको लागि माग प्रदान गर्दछ । मानिसमा प्रेममा पर्ने इच्छा जाग्न थाल्छ ।

रोमान्टिक जोस

यो चरणमा तपाइलाई आफ्नो मन परेको मान्छेको नजिक पुग्ने तीव्र इच्छा महसूस गर्नु हुनेछ । यो चरणमा मानिसले राम्रोसँग सोच्न सक्दैन र जोशको वस्तुलाई आदर्श बनाउन थाल्छ ।

यो अवस्था खासगरी मानिसको शरिरमा हुने सिरोटोनिन, डोपामाइन र एड्रेनालाइन रसायनको मिसावटका कारण हुने गर्छ ।यस्तै कहिलेकाहीँ कसैले कसैलाई छुँदा पनि प्रेममा पर्न सकिन्छ ।

सामान्यतया कसैले कसैलाई छुँदा वा मनपरेको वस्तुलाई स्पर्श मानिसको शरीरमा अक्सिटोसिनका साथै डोपामाइन समेत उत्पादन हुने गर्दछ । मानिस त्यो वस्तुप्रति आकर्षित हुन्छ र गहिरो प्रेममा पर्न सक्छ ।

यस्तै, विभिन्न अध्ययनहरुले प्रेममा पर्नमा कुनै स्नेहको वस्तुको आवाज सुन्दा उत्पन्न रोमान्टिक प्रेम भावनाहरू पनि सहयोगी हुन्सक्ने देखाएको छ ।

जस्तैः दुई व्यक्तिहरूबीच समान अर्थ भएका गीतहरूसँगै गाउँदा एक अनुकूल प्रतिक्रिया उत्पन्न गर्न सक्छ । जसकारण एकले अर्काको बारेमा सोच्न बाध्य गराउँछ । मानिस गहिरो प्रेममा पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?