मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनोरञ्जन कर बुझाउन महानगरले दियो ३५ दिनको समय

काठमाडौँ– काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्को लगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

सो अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारवाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?