मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँको पनि झनक्क रिसाउने बानी छ ? हुनसक्छ हर्टअट्याक

काठमाडाैँ- कतिपय व्यक्तिहरुको झनक्क रिसाउने बानी हुन्छ । यही बानीले धेरै कुरामा हानी गरिहेको हुन्छ ।

रिसले टाउको फुट्न थालेको कुरा धेरै व्यक्तिले भन्ने गरेको सुन्नुभएको होला, तर वास्तविकता यो भन्दा पनि बढी खतरनाक हुन्छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ ।

यसले दिमाग मात्र नभइ मुटु र पेटलाई पनि बिगारी दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ । रिस वा निराशामा शरीरको न्यूरो हर्माेनल प्रणालीमा धेरै दबाब पर्छ । जसले आपतकालीन अवस्था निम्त्याउन सक्छ ।

लामो समयमा मृत्यु समेत हुन सक्छ । रिसले हाम्रो मुटु र रक्त नलीको प्रणाली कार्डियोभास्कुलर सिष्टम देखि हाम्रो स्नायु प्रणालीसम्म असर पार्छ । रिसको असर शरीरको हरेक अंगमा पर्छ ।

रिसले मुटुमा असर

रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले देखि नै कुनै व्यक्ति लाई कार्डियोभास्कुलर रोग जस्तै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल छ भने हृदयाघात हुन सक्छ । रिसले रक्तचाप बढ्छ, स्नायु खुम्चिन्छ, शरीरको प्रतिरक्षा प्रणालीबाट पचाउने सेल निस्कन्छ । यो सबै एकैसँग हुन्छ, जसले धमनी (ब्लक) हुन्छ ।

दिमागले निर्णय लिन पाउँदैन

रिसमा दिमागले सही निर्णय गर्न पाउँदैन । कुनै खास कारणले उत्तेजित हुँदा मस्तिष्कले केही गरेर हेराउन पनि प्रेरित गर्छ । मनुष्य रिसमा त्यो भन्न सक्छ वा गर्न सक्छ जसलाई उ रुचाउँदैन । रिसको अवस्थामा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रित गर्न सकिँदैन ।

पेटमा समस्या

हाम्रो भावनाहरू र पेटको गहिरो सम्बन्ध छ । रिसको कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन, कब्जियत शुरु हुन्छ । रिसमा पेटको मांसपेशी बढी सक्रिय हुन्छ । कहिलेकाहीँ आन्द्रा आफ्नो ठाउँबाट सर्छ । यसले पखाला सम्म हुन सक्छ । कहिलेकाहीँ रिसका कारण पेट दुख्ने समस्या पनि हुन थाल्छ भने यसले भोक समेत लाग्दैन ।

रिसलाई रोक्न सधैँ सम्भव हुँदैन तर हामी यसलाई कम भने गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्न सकिन्छ भने पर्याप्त निद्राले समेत रिस कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?