काठमाडौँ– र्याम मेमोरीको बारेमा तपाई हामीले प्रत्येक पटक मोबाइल वा ल्यापटप किन्दै गर्दा धेरै सुन्ने गर्छौ । कतिपयलाई त यसको बारेमा थाहा हुन पनि सक्छ ।
तर धेरै मानिसलाई र्याम भनेको के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा थाहा नहुन पनि सक्छ । त्यसकारण आज हामी तपाइलाई र्यामका बारेमा केही जानकारी दिँदै छौँ ।
वास्तवमा र्याण्डम एक्सेस मेमोरी अर्थात् र्याम मेमोरी भनेको मोबाइल, कम्प्युटर, ल्यापटपमा हुने एक महत्त्वपूर्ण भाग हो । यो सिपियुको इन्टर्नल मेमोरी हो । हामीले दिनहुँ प्रयोग गर्ने कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसहरु र्याम मेमोरी प्रयोग गरिएको हुन्छ । त्यसकारण मोबाइल, कम्प्युटर जस्ता डिभाइस खरिद गर्नु अगाडि यसको र्याम मेमोरी कति छ भनेर चासो राख्ने गरिन्छ ।
र्याम मेमोरी डिभाइसलाई हलुका फास्ट प्रोसेसिङको लागि महत्त्वपूर्ण हुने गर्दछ । यसले कम्प्युटर एप्लिकेसन तथा डाटाहरूलाई सजिलो तरिकामा एक्सेस गर्न सकिने गरी स्टोर गर्ने पनि गर्दछ ।
सामान्य भाषमा बुझ्नुपर्दा स्थायी रूपमा डाटा स्टोर गरेर कम्प्युटरमा एप लोड गर्ने, वेबसाइट ब्राउज गर्ने, डक्युमेन्ट एडिट गर्ने, गेम खेल्ने सबै कामहरू गर्न र्यामले सहयोग गर्छ ।
यस्तै कुनै उपकरणको मेमोरी जति धेरै हुने गर्छ कम्प्युटरले त्यति नै राम्रो काम गर्छ । र प्रोसेसिङ स्पिड बढ्नुका साथै धेरै टास्कहरु एकै पटकमा सम्हाल्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया