बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’(अप्रेसन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न भ्रम सुन्न पाइन्छ,। यसकारण आज हामी सीजरियन सेक्सनको भ्रम र वास्तविकताबारे तपाईँलाई प्रस्ट बनाउँछौ ।
–पहिलो बच्चा जन्माउँदा अप्रेसन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेसन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ ।
–अप्रेसन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ । तर यो केबल मिथ्या मात्र हो । सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरीरलाई सशक्त बनाउँछ । सामान्य हिँडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गह्रौँ सामाग्री उचाल्नु हुँदैन ।
–अप्रेसन पछि केही आमाहरूमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ । अप्रेसन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन ।
–अप्रेसन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ। चिल्लो युक्त तरल पदार्थ खानु हुँदैन । तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ । ताजा फलफूल, सागसब्जी, खानुपर्छ । डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ । सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रूपमा तौल बढ्न दिँदैन ।
–डेलिभरीपछि आफ्नो र शिशु दुवैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ । आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ । हाच्छिउँ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्न सक्छ । अप्रेसन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन । कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ । धेरै आराम र पर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया