मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यति धेरै लाभदायी डिटक्स वाटर, यस्तो छ बनाउने तरिका

तौल घटाउनको लागि डिटक्स पानी पिउनाले शरीरलाई सफा गर्न मदत गर्दछ । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो ।

कसरी बनाउने त डिटक्स वाटर ? 

चाहिने सामग्री: 

–२ लिटर सफा जारको पानी, 

–२ स्लाइस कागती, 

–२ स्लाइस सुन्तला, जुनार, मौसम, भोगटे या मुन्तला, 

–३ स्लाइस काक्रो, 

–३ स्लाइस स्याउ, 

–ताजा अदुवा २ स्लाइस,

–चुकन्दर २ स्लाइस, 

–गाँजर २ स्लाइस, 

–पुदिना २ मुन्टा, 

–तुलसी 

बनाउने विधि: 

पानीलाई सफा सिसाको बोतल, जग, जार या डिस्पेन्सरमा राख्ने । यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाँडोमा राख्न सकिन्छ । उल्लेखित सम्पूर्ण सामग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको      भाँडोमा खन्याउने । बेलुका मिक्स गरेर बिहान खाली पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ । यी काटेका सामग्रीमा अधिकतम ३ पटकसम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घण्टा सामग्रीलाई डुबाइराख्नुपर्ने हुन्छ । 

डिटक्स पानी पिउँदाका फाइदाहरू ?

–नियमित रूपमा डिटक्स पानी पिउँदा स्वास्थ्य सम्बधी धेरै फाइदा पुग्ने विज्ञको ठहर छ र प्रमाणित पनि भएका छन् । 

–ताजा फलफूल, तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पूर्ण रूपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरू पनि पुष्टि छन् । 

–शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो । 

–तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्‍याउँछ । 

–खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउन सहयोग गर्छ । 

–शरीरमा ताजगी जगाउनुका साथै हँसिलो फुर्तिलो बनाउँछ । 

–इनर्जीले बल बढाइ शरीरको रूपरंग नै परिवर्तन गर्न मद्दत पुर्‍याउँछ । 

–अनुहारको चमकमा परिवर्तन ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?