मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक वर्षमा १६ लाख भन्दा धेरै नेपाली विदेसिए

काठमाडौँ – एक वर्षको अवधिमा १६ लाख भन्दा धेरै नेपाली बिदेसिएका छन् ।  उनीहरू वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि बिदेसिएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार  सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका हुन् । 

जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना छ । 

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् । 

दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना बिदेसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् । 

यस्तै यो अवधिमा वैदेशिक अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना बिदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ । 

यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना बिदेसिँदा पुरुषको सङ्ख्या ५१ हजार ८७६ र महिलाको सङ्ख्या ४० हजार ४६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ । 

कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । 

यो अवधिमा व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

विभागका अनुसार युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएका छन् । 

गन्तव्य देशको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)मा गएका छन । युएई जानेको सङ्ख्या २ लाख ७१ हजार ०८८ जना छ। त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन् । 

यस्तै छैटौँ नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन् । अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन् । यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?