मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

औषधिका रुपमा प्रयोग हुने पिपलका यस्ता छन् फाइदा

काठमाडाैँ– हिन्दु धर्मअनुसार सदिऔंदखि पिपललाई भगवानको अवतारको रुपमा पूजा गर्दै आइरहेको पाइन्छ । धर्तीमा भएका रुखमध्ये यसैले सबभन्दा बढी अक्सिजन फाल्छ । यसले चौबीसै घन्टा अक्सिजन दिन्छ ।

यति मात्र होइन पीपल आयुर्वेदमा पनि यसको प्रयोग हुन्छ । पीपलले हामीलाई अनेकथरी रोगबाट बचाउँछ । विभिन्न रोगको औषधीका लागि पीपलको सुकेका पात, डाँठ, सुकेका फल, जरा र बीजले समेत शरीरलाई फाइदै फाइदा गराउँछ ।

यस्ता छन् पीपलका फाइदाहरु

दाँतको लागि

पीपलको हाँगाको डाँठले दाँत माझ्यो भने दाँत बलियो हुन्छ र दात दुख्ने समस्या पनि समाप्त हुन्छ । यसबाहेक १० ग्राम पीपलको रुखको बोक्रा र २ ग्राम मरिचलाई मसिनो गरि पिसेर मञ्जन बनाएर दाँत माझ्दा दाँत सम्बन्धि सम्पूर्ण समस्या समाप्त हुन्छ ।

पेटको समस्या

पीपलको पातले कब्जियत र ग्यासको समस्यामा औषधीको काम गर्छ । पीपलको पातलाई पित्तनाशक पनि मानिन्छ । त्यसैले पेटको समस्यामा पीपलको पात प्रयोग गर्नु लाभदायक हुन्छ । पीपलको ताजा पातको रस निकालेर बिहान बेलुका एक चम्चा पिउनाले पित्तको समस्या समाप्त हुन्छ ।

सास सम्बन्धि समस्या

सास सम्बन्धि कुनै पनि प्रकारको समस्यामा पीपलको रुख अति नै फाइदाजनक हुन्छ । यसका लागि पीपलको रुखको बोक्रोको भित्री भाग निकालेर सुकाउनुपर्छ । सुकेको उक्त भागको धुलो बनाएर खानाले सास सम्बन्धि समस्या कम हुन्छ । यसबाहेक पीपलको पात उमालेर पिउनाले दमको रोगमा पनि लाभदायक हुन्छ ।

छाला रोग

छालामा हुने समस्या जस्तैः दाद, चिलाउने, डाबर आउने जस्ता समस्यामा पीपलको कमलो पात खानाले अथवा यसको काँढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसबाहेक दाद आउने ठाउँमा पीपलको बोक्रा पिसेर लगाउनाले पनि राम्रो हुन्छ ।

घाउ हुँदा

शरीरको कुनै पनि भागमा घाउ भयो भने पीपलको पातको तातो लेप लगाउनाले घाउ छिट्टो सुक्छ । यसबाहेक प्रतिदिन पीपलको लेप प्रयोग गर्नाले घाउमा छिट्टै खाटा बस्छ र पोल्दैन ।

रुघाखोकी

रुघाखोकि जस्ता समस्या भएको समयमा पीपल लाभदायक हुन्छ । पीपलको पातलाई छायामा सुकाएर मिश्रीसँग काढा बनाएर पिउनाले लाभ प्राप्त हुन्छ । यसले वर्षाैसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो काँढाले छिट्टै निको पार्छ ।

चाउरीपना

चाउरीपना कम गर्न पीपलको जरालाई पानीमा भिजाएर यसको पेस्टलाई अनुहारमा नियमित लगाउँदा चाउरी हट्छ । साथै छालाको रङ चम्किलो बनाउनका लागि पीपलको बोक्रा अथवा पातको लेप लगाउन सकिन्छ ।

जन्डिसमा

जन्डिस हुँदा पीपलको ३ देखि ४ वटा नयाँ पातको रसमा मिश्री मिसाएर सरबत बनाउर पिउनाले धेरै फाइदा हुन्छ । उक्त सरबतलाई २३ दिनसम्म दिनको दुई पटक पिउन दिनु राम्रो हुन्छ ।

तनाव कम गर्न

पीपल एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसको कोमल पातलाई नियमित रुपले चपाउनाले तनाव कम हुन्छ र बढ्दो उमेरको असर पनि कम हुन्छ ।

पैताला नरम बनाउन

पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा लगाउँदा कोमल र सामान्य हुन्छन् ।

नाथ्री फुट्ने

गर्मीमा प्रायः मानिसको नाथ्री फुट्ने समस्या हुन्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा लगाउँदा रगत बग्न बन्द हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?