मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२ वी फेल : हलमा दर्शक तान्न सकेन तर ओटीटी प्लेटफर्म सुपर हिट !

काठमाडौं – विक्रान्त मैसीको मुख्य भूमिका रहेको भारतीय फिल्म वरीयताको शीर्ष स्थानमा निस्किएको छ । सामान्य परिवारको युवक आईपीएस अफिसर बन्न मनोज नामको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो ।

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन । यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ ।

यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ ।

आईएमडीबीमाको दोस्रो वरीयतामा सन् १९९३ मा प्रदर्शनमा आएको ‘रामायण : द लेजेन्ड अफ प्रिन्स राम’ छ । त्यस्तै तेस्रो चौथो र पाचौंमा क्रमशः नायकन, गोलमाल र रकेट्रीस् द नम्बी इफेक्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?