मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिते करेला खाने व्यक्तिले स्वास्थ्यमा ध्यान नदिँदा आउन सक्छन् यस्ता जोखिम

काठमाडाैँ- धेरैले यसको स्वाद नरुचाए पनि स्वादमा तीतो हुने तिते करेला स्वास्थ्यका लागि निकै स्वस्थकर मानिन्छ । तर सकेसम्म तितेकरेलाको तरकारी खानु नपरे हुन्थ्यो भन्ने धेरैजना हुन्छन् ।

कतिपय बिरामीले भने यो तरकारीको सेवन गर्न नहुने चिकित्सकहरूले सुझाव दिन्छन् ।

तिते करेलाको तरकारी कसले खाने र कसले नखाने भन्ने विषयमा यस्ता छन् केही जानकारीहरु:

कस्ता व्यक्तिले सेवन गर्ने ?

– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पु¥याउँछ ।
– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।
– दमको समस्या भएकाहरूले मसला नहालिकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
– करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।
– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

कस्ता व्यक्तिले नखाने ?

गर्भवती महिलाले नखाने

करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पु¥याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

फर्टिलिटी समस्या भएमा

यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधीको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

पायल्सको समस्या भएकाले

पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुहोस् । किनकि तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रिया गरेपछि

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

कलेजोको समस्या भएकाले पनि खानु हुँदैन

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

महिनावारी समस्या

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

त्यस्तै, सुगर कम भएका व्यक्तिले करेला खाँदा मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?