मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ अनुहार धुने स्वस्थकर तरिका

अनुहार सबैलाई राम्रो र स्वस्थ भएको मन पर्छ । यसकारण हामी अनुहार सुन्दर र आकर्षक बनाउन विभिन्न तरिकाहरू पनि अपनाउँछौ ।

तर हामीले मुख धुने विधिमा मात्रै फेरबदल गर्नुभयो भने तपाईँको छाला सफा र चम्किलो हुन्छ । तपाईँले आफ्नो अनुहार कसरी धुनु हुन्छ, यसले तपाईँको आकृतिमा फरक पार्न सक्छ । 

तपाईँको अनुहार स्वस्थ राख्न छाला रोग विशेषज्ञहरू बाट यी सुझावहरू पालना गर्नु सक्नु हुन्छ :

–कोमल, खस्रो नभएको, सफा गर्ने(क्लिन्जर) जसमा अल्कोहल छैन त्यसलाई प्रयोग गर्नुहोस् । 

–अनुहारलाई मनतातो पानीले भिजाउनुहोस् र अनुहारमा क्लिन्जर लगाउन आफ्नो औँलाको टुप्पो प्रयोग गर्नुहोस् । तपाईँको औँलाहरू बाहेक, धुने कपडा, जाल, स्पन्ज, वा अन्य कुनै पनि चीजहरू प्रयोग गर्दा तपाईँको छाला पोल्न सक्छ । 

–आफ्नो छाला लाई दल्ने (स्क्रब) को प्रतिरोध गर्नुहोस् । किनभने स्क्रबिंगले छालालाई पोल्छ । मनतातो पानीले सफा गर्नुहोस् र नरम तौलियाले सुकाउनुहोस्। यदि तपाईँको छाला सुख्खा वा चिलाउने छ भने मोइस्चराइजर लगाउनुहोस् । आफ्नो आँखा वरिपरि कुनै पनि क्रिम कोमल तरिकाले लगाउनु होस । आँखा छेउ छाउको कोमल छालामा धेरै कडा नतान्नुस् । 

–दिनमा दुई पटक र पसिना आए पछि अनुहार धुने प्रक्रिया सीमित गर्नुस् । बिहान र बेलुका एक–एक पटक अनुहार धुनुहोस् । साथै धेरै पसिना आए पछि पनि धुन सकिन्छ । विशेष गरी टोपी वा हेलमेट लगाउँदा आउने पसिनाले छालालाई पोल्छ । पसिना आएपछि सकेसम्म चाँडो आफ्नो छाला धुनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?