मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विषादी हालेको अङ्गुर बजारमा, सफा कसरी गर्ने ?

अङ्गुर धेरैले रुचाउने फल हो । यो फल हरेक उमेर समूहका मानिसलाई मन पर्छ । बजारमा कालो, रातो, हरियो रंगका अनेकौँ अङ्गुर आउन थालेका छन् ।

अङ्गुर मिठो त हुन्छ नै यसको सेवनले शरीरले पनि अनेकौँ लाभ पाउँछ । तर अङ्गुरको खेतीमा व्यापक स्तरमा किटनाशक हालिएको हुन्छ । उचित वृद्धिको लागि अङ्गुरमा धेरै मात्रामा कीटनाशक प्रयोग गरिएको हुन्छ । 

तपाईँले सादा पानीले मात्रै धोएर अङ्गुर खाइरहनु भएको त छैन । सादा पानीले मात्रै पखाल्दा अङ्गुरमा भएको विषादी पखालिँदैन ।

त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । 

स्वस्थ रहन र किटनाशक हटाउन अङ्गुरलाई यसरी सफा गर्नुहोस् :

–एउटा ठूलो भाँडामा अङ्गुर राख्नुहोस् अनि पानी हाल्नुहोस् । अब यसमा २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुहोस् ।

अङ्गुरलाई यो घोलमा घुमाउनुहोस् अनि १० मिनेटसम्म भिजाएर राखिदिनुस् । पानी निकालेर फ्याँक्नुहोस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी धुनुहोस् । अब यो खानको लागि पूरै तयार छ ।

–अर्को भनेको सबैभन्दा पहिले एउटा कचौरा पानी भर्नुस् । अब २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा हाल्नुहोस् । यी दुबैलाई तबसम्म पानीमा घोलिरहनुस् जबसम्म पानीमा पूरै घुलिँदैन ।

त्यसपछि यो पानीमा अङ्गुरहरू हाल्नुहोस् । यो पानीमा अङ्गुरहरू पुरै डुबेको हुनु पर्छ । अङ्गुरलाई करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् । अनि यो पानी फ्याँकेर सादा पानीले सफा गर्नुहोस् । यसपछि अङ्गुर खानका लागि तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?