काठमाडौँ– बलिउड अभिनेत्री राखी सावन्तलाई अश्लील भिडियो लिक गरेको आरोप लागेको छ ।
उनका पूर्वपति आदिल खान दुर्रानीले आफ्नो निजी भिडियो सामाजिक सञ्जालमा लिक गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।
राखीमाथि एक्स (पहिलेको ट्वीटर) मा एक अश्लील भिडियो अपलोड गरेको आरोप लगाइएको छ । त्यसपछि राखीले आफ्नो बचाउ गर्दै त्यहाँको सर्वोच्च अदालतमा उजुरी दिएकी छिन् । यसको सुनुवाइ आज (सोमवार) हुँदैछ ।
यसअघि राखीले मुम्बई उच्च अदालतमा पनि याचिका दायर गरेकी थिइन् । अदालतले उनको याचिका खारेज गरेको थियो ।
राखीका पूर्वपतिले राखीलाई भारतीय कानून अनुसार कडाभन्दा कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया