रौतहट – रौतहट स्थित तस्करहरूले विभिन्न नाका हुँदै अवैध रूपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको विभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।
यही वैशाख देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरू आवश्यक कारबाहीको लागी आइतबार गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया