मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – अहिले देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखा अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहने छ ।

त्यस्तै कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू=भागमा आंशिक देखि साधरणतया बदली  रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरी चल्ने सक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?