मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’का लागि नाटक आह्वान

काठमाडाैँ– तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) का लागि मण्डला थिएटर नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्यकर्मीहरुलाई नाटक आह्वान गरेकाे छ ।

मण्डलाले आइतवार एक विज्ञप्ति जारी गर्दै देश, विदेशबाट विभिन्न विधा तथा शैलीका नाटकहरु आह्वान गरेकाे हाे । निटफेस्टले यसपटक बाल–नाटकको छुट्टै मञ्चन सेक्सन राख्नेगरी बाल–नाटकहरु पनि आह्वान गरेको छ ।

व्यावसायिक रङ्गकर्मीहरुले विभिन्न उमेर समूहका बालबालिका लक्षित गरी निर्माण–सिर्जना गरेका नाटकहरु समावेश हुने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

मण्डलाका अनुसार निटफेस्टलाई साझा मञ्चको रुपमा स्थापित गर्न न्यूनतम खाकासहित व्यक्तिगत वा संस्थागत रुपमा कार्यक्रमको प्रस्ताव पनि आवेदन दिन सक्ने प्रवन्ध गरिएकाे छ ।

कार्यशाला, सेमिनार, प्यानल डिस्कसन, सांगीतिक, नृत्य, सांस्कृतिक प्रस्तुतिहरु, विविध कला, साहित्य तथा र रङ्गमञ्च सम्बन्धित प्रदर्शनीहरु कार्यक्रममा समावेश हुनेछन् ।

गत चैत १४ गते (मार्च २७) विश्व रङ्गमञ्च दिवसको दिन मण्डला थिएटर नेपालले महाेत्सवकाे घाेषणा गरेकाे थियाे । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल भावका साथ महाेत्सव २०८१ को चैत ३ देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?