मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहटमा ३० रुपैयाँको विल  तिर्न ३ सय खर्च गर्नुपर्ने बाध्यता

रौतहट– चन्द्रपुर नगरपालिका वडा नं १ का स्थानीय बासिन्दा यतिबेला ३० रुपैयाँको बिजुलीको बिल तिर्न २०० रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । 

वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुलीको बिल तिर्ने यी सेवाको काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरू  मारमा परेका हुन् । 

इ सेवा काउन्टरमा कार्यरत रहेकी कि एक कर्मचारीलाई वडा कार्यालयले हटाएपछि सो काउन्टर बन्द भएको हो । 

गत वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडा अध्यक्षले उनलाई काममा नआउने गरी हटाएपछि काउन्टर बन्द भएको हो । 

वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता आइपरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले बताए । 

३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराई बासीले २०० रुपैयाँ अटोमा खर्च गरेर चन्द्रनिगाहापुर स्थित विद्युत् प्राधिकरणको कार्यालयमा पुग्नुपर्ने बाध्यता आइपरेको न्यौपानेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?