मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान

काठमाडौँ – पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको मेडिकल जाँचका लागि अनुरोध स्वीकार गरेको छ ।

अदालतले दुई दिनभित्र पूर्व प्रथम महिला बीबीको निजी अस्पतालमा इन्डोस्कोपी गर्न निर्देशन दिएको छ ।

७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिण्डीकाे अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी हाल इस्लामाबादस्थित खानको निजी निवास बनी गालामा बन्दी छिन् ।

शुक्रबार मात्रै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खानले ४९ वर्षीया बुशरा बीबीलाई शौचालय सफा गर्ने खाना मिसाइएको अदालतमा दाबी गरेका थिए ।

न्युज इन्टरनेशनलका अनुसार खानले शौकत खानुम अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. असिम युसुफले बुशरा बीबीको शिफा इन्टरनेशनल अस्पतालमा परीक्षण गर्न सिफारिस गरेको तर जेल प्रशासन पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा परीक्षण गराउन अडिग रहेको बताए ।

अदालतले सुनुवाइ अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?