मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?

काठमाडौँ- इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ । यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ ।

इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भर्‍याङ जस्ता ठाउँमा सजाउन सकिन्छ । धेरै इन्डोर प्लान्टहरू मध्ये एक हो– रबर प्लान्ट ।

रबर प्लान्ट ठूला र चिल्ला पात भएको बिरुवा हो । यो बिरुवा घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ ।

रबर प्लान्टलाई उज्यालो, अप्रत्यक्ष प्रकाश आउने ठाउँमा रोप्न सकिन्छ । यो यस्तो बिरुवा हो जसलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नु पर्छ ।

यो बिरुवा घरको जुनै कोठाको झ्यालको छेउमा राख्न सकिन्छ । यसले ताजा हावा प्रदान गर्न मद्दत गर्छ ।

यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ ।

रबर प्लान्ट राम्रो एयर प्युरिफायर हो । यसले घरमा रहेको हानिकारक धुलोका कणहरूलाई हटाउन मद्दत समेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?