मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनाव बढी लिँदा सन्तानमा देखिन सक्छ मधुमेह

काठमाडौँ– कतिपयले सोच्ने गर्छन् कि बच्चाहरुमा देखिने स्वास्थ्य समस्या आमाको स्वास्थ्य र उनको खानपानका कारण मात्रै हुने गर्दछ ।

तर पछिल्ला केही अध्ययनहरूले पुरुषको शारीरिक स्वास्थ्यका कारण मात्र नभई मानसिक स्वास्थ्यकै कारण पनि सन्तानहरूको समस्या आउन सक्ने देखाएको छ ।

हालै मात्र गरिएको एक अध्ययनले तनावमा रहने पुरुषका बालबालिकामा मधुमेह हुने सम्भावना अत्यधिक हुने देखाएको भारतीय मिडियाले जनाएका छन् ।

अन्वेषकहरू अनुसार पुरुषमा हुने तनाव हार्मोनहरुले शुक्राणुमा परिवर्तनहरू ल्याउँछ ।

जसका कारण उक्त शुक्राणुवाट गर्भाधान भएको सन्तानमा उच्च रक्तचापको पनि समस्या देखिन सक्छ ।

मिडिया रिपोर्टका अनुसार पुरुषहरुमा हुने तनाव हार्मोनहरूलाई कम गरेर यस्तो समस्यालाई रोक्न पनि सकिने वैज्ञानिकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?