मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उखु महोत्सवबाट किसान उत्साहित

गुल्मी – छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । 

उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवर्द्धन र विकासका लागि गाउँपालिकाले वडा नं ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ । 

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा परम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवं पुरानो जातका उखु प्रदर्शन गरिएको थियो ।

गाउँपालिकाको वडा नं ४ स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्त्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

उखु महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोटको कृषि क्षेत्रमा नौलो कार्यक्रम गर्ने सो पालिका रहेको बताए । उनले  छत्रकोटले उखुखेतीका माध्यमबाट आर्थिकोपार्जन गरी समुन्नति हासिल गर्न सक्ने बताए। 

महोत्सवमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवर्द्धन र विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवले किसानमा आफ्ना उत्पादन बिक्री गर्न र त्यसको प्रचारप्रसार गर्न थप मद्दत पुगेको उनको दाबी छ । जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिकीक उखुखेती गरिएको छ ।

यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिक टन उखुजन्य पदार्थ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले जानकारी दिए। जिल्लामा यस पटक रु पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?