मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने स्थानहरुमा विद्युत कटौती गरेको हो ।

उक्त कार्यका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले जानकारी दिए ।

आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा अपराह्न ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्याङ्की, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा अपराह्न ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?