मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहानै उठ्नका लागि यसरी सुधार्नुहोस् जीवनशैली

काठमाडौँ – जो सुकैका लागि सबेरै ओछ्यान छोड्नु कम चुनौतीको विषय हैन ।

कामका लागि होस या स्वास्थ्यका लागि होस बिहानै उठ्नु राम्रो भए पनि अधिकांशलाई अलार्मले समेत काम गर्दैन । तर इच्छाशक्ति बलियो बनाउने र स्वस्थकर जीवनशैली जिउने हो भने यस्तो समस्याबाट टाढा रहन सकिन्छ । 

चिकित्सकहरूका अनुसार स्वास्थ्यका लागि राति सातदेखि नौ घण्टाको पूरा निद्रा लिन जरुरी छ । यसको अर्थ रातको समय जति चाँडै सुत्नुहुन्छ त्यति नै राम्रो हुन्छ । यसले गर्दा तपाईँ पर्याप्त निदाउन सक्नुहुन्छ र निद्रा पूरा भएपछि उठ्ने सङ्केत शरीर आफैँले दिन्छ । 

रातको समयमा अधिक खानाले पेट भारी हुन्छ र निद्रा राम्रोसँग लाग्दैन । र, ढिला निद्रा परेपछि बिहान पनि ढिलै उठिन्छ । यसको अर्थ रातको समय भोजन कम लिनुपर्छ भने भने सुत्नुभन्दा तीन घण्टा पहिले खाना खानु राम्रो हुन्छ । त्यस्तै, रातको समय चिया, कफी पिउने बानी पनि छोड्नुस् । 

अर्को कुनै कुनै पनि कुरा बानी पर्न केही समय लाग्छ । बिहान उठ्नका लागि पनि केही दिनसम्म मुस्किल हुन्छ तर बिस्तारै सहज हुँदै जान्छ भन्ने याद गर्नुस् । दुई हप्तामा तपाईँको शरीर बिहान उठ्नका लागि मज्जाले तयार भइसकेको हुन्छ । 

तर आठ घण्टाभन्दा लामो समय सुतेर उठ्दा पनि तपाईँको शरीर थाकेको हुन्छ, वा तपाईँलाई भारी महसुस हुन्छ भने कुनै स्वास्थ्य समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?