मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँका बच्चामा पनि चिडचिडापन छ ? यसरी हटाउनुस्

हाँसेर खेलिरहने बच्चा सबैलाईलाई राम्रो र प्यारो लाग्छ । तर उमेर पुगेका वयस्क व्यक्तिहरूमा जस्तै उनीहरूमा पनि मुड परीर्वतन हुन्छ ।

पछिल्लो पुस्ताको बदलिँदो जीवनशैलीका कारण बच्चाहरूमा चिडचिडापनको समस्या, धेरै रिस उठ्ने समस्या  बढिरहेको देख्न सकिन्छ । बचपनको यही स्वभाव उनको जीवन कालान्तरसम्म रहिरहन पनि सक्छ ।

यसकारण आफ्ना सन्तानको यस्तै व्यवहारमा ध्यान नदिँदा भविष्यमा गएर ठुलो समस्या पनि निम्त्याउन सक्छ । बच्चाहरूको चीडचीडापनको समस्या तपाईँले घरमैमा निर्मूल गर्न सक्नुहुनेछ । 

पर्याप्त निद्रा सुत्न दिनुहोस् 

कतिपय बच्चाहरूमा निन्द्रा अपुग भएको कारणले पनि चिडचिडापनको समस्या निम्तन सक्छ । यस्तोमा बच्चालाई पर्याप्त मात्रामा निदाउने वातावरण मिलाउनुहोला । कति पटक सुत्ने शैली र वातावरण परिवर्तन हुँदा पनि यस्तो समस्या आउँछ । यसकारण बच्चा कस्तो प्यार्टनमा सुत्न चाहन्छ त्यो बुझ्ने कोसिस गर्नुहोला । 

बच्चाको रिस र चिडचिडापनको कारण पत्ता लगाउनुहोस् 

बच्चा बिना कारण रिसाउने र चिडचिडापन देखाउने गर्दैनन् । यसकारण मुख्य कुरो भनेको बच्चाहरूले यस्तो स्वभाव देखाउने कारण बुझ्नुपर्छ । र समाधानतर्फ लाग्नु उचित हुन्छ । 

उनीहरूका गतिविधिमा नजर राख्नुहोस् 

अर्को महत्त्वपूर्ण विषय भनेको उनीहरूको गतिविधिमा नजर राख्नु हो । बच्चा कस्ता कार्यमा संलग्न हुन चाहन्छ, स्कुल शिक्षकसँग परामर्श लिएर पनि आफ्नो बच्चाको समस्या र सक्रियता बुझ्न सकिन्छ । 

बच्चाहरूलाई रिस नियन्त्रण गर्ने उपाय सिकाउनुहोस् 

हरेक बच्चाहरूलाई रिस नियन्त्रण गर्ने उपाय सिकाउन आवश्यक छ । जस्तै कुन कुरामा रिस उठेको छ त्यो कुरा आफ्ना अभिभावकहरूलाई बताउन सुझाउने, रिस उठेको समयमा शान्त बस्न सिकाउने । यदि तपाईँको बच्चा रिसाएको छ भने तपाईँले त्यही माथि गाली थोपर्ने काम नगर्नुहोस् तपाई आफू पनि शान्त रहनुहोला । अभिभावकहरू आफैले पनि रिस नियन्त्रणमा राख्न सके बच्चाले त्यही अनुसरण गर्न सक्छन् । 

घरमा तनावको माहौल कम गर्नुहोस् 

बच्चाले धेरै कुरा सिक्ने भनेकै घरपरिवार बाट नै हो । यसकारण बच्चाहरूको अघी झगडा,कुटाकुट गर्ने कार्यहरू नगर्नुहोस् । घर सौहार्दपूर्ण वातावरण सिर्जना गर्नुहोस् जसबाट बच्चाले सकरातमक कुराहरु मात्रै अनुसरण गर्न सकोस् । 

उसको रोजाइको खाना बनाएर दिनुहोस् 

तपाईँहरूले याद गर्नुभएको छ की छैन बच्चाहरू रिसाएको समयमा उनीहरूले मन पराउने खानेकुरा बनाएर दिनुभयो भने निकै खुसी हुने गर्छन् । यसकारण उनीहरूलाई सोधपुछ गरेर रोजाई खानेकुरा दिनुहोस् ।

स्क्रिन टाइम कम गराउनुहोस् 

पछिल्लो पुस्ताका बालबालिकाहरू मोबाइल, टयाब नभएसम्म खाना नै नखाने पनि हुन्छन् । आफ्नो सजिलोको लागी अभिभावकहरूले हातमा मोबाइल थमाइदिने र अन्य कामहरू गर्ने बानी बसालेका हुन्छन् । र फलस्वरुप बच्चाहरूको स्क्रिन टाइम बढी हुन्छ र मोबाइल हेर्न नपाउँदा उनीहरू झर्किने, चिडचीडाउने गर्छन् ।   

अन्य क्रियाकलापमा सक्रिय बनाउनुहोस् 

बच्चाहरूलाई मोबाइल,ट्याबजस्ता ग्याजेटहरुमा धेरै भुलाउनु हुँदैन । बरु उनीहरूलाई शारीरिक कसरत गराउने, विभिन्न सिर्जनात्मकता खेलहरूमा आबद्ध गराउने,ध्यान गर्न लगाउने र घरायसी कामहरूमा पनि हात बसाउन लालायित बनाउनुपर्छ । यसो भएका उनीहरू यस्तै कामहरूमा रुमलिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?