सुतुरमुर्ग वा अस्ट्रिच अफ्रिका तथा अरब मरुभूमिमा पाइने सबैभन्दा ठूलो चरा हो ।
यो चरा भएर पनि उड्न सक्दैन तर ७० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा दगुर्न सक्दछ । जो पृथ्वीमा पाइने अन्य पंक्षीभन्दा अधिक हो ।
यसले दौडँदा सन्तुलन बनाउन पखेटाको प्रयोग गर्छ । त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पखेटाको प्रयोग गर्छ। यो चरालाई पानी खान जरुरी नै पर्दैन ।
आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्याउँछ । यो चरालाई खाएको भोजन पचाउन लगभग ३६ घण्टा लाग्छ ।
तपाईँ हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ । यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ ।
हुन त पहिले एसियामा पनि पाइन्थे, तर धेरै सिकारी बढेपछि यहाँका अस्ट्रिच घट्दै गए ।
अहिले जङ्गली अस्ट्रिच अफ्रिकाको सभाना क्षेत्रमा पाइन्छन् । लगभग ७० वर्षसम्म बाँच्ने यो चराको दाँत हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया