मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हर्निया कस्तो रोग हो ? यसबाट बच्न के गर्ने ?

हर्निया भनेको कुनै पनि शरीरको भाग एउटा क्याभीटीमा वरिपरि एउटा भित्ताले घेरेको हुन्छ ।

अनि त्यो क्याभीटीमा समस्या आयो, प्वाल पर्यो‍ भने मासु बाहिर निस्कन्छ त्यसलाई नै हर्नीया हर्निया भनीन्छ । सामान्य भाषामा भन्नुपर्दा पेटभित्रका अङ्ग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ ।

पेटभित्र झिल्ली, छाला, बोसो र मांसपेशी हुन्छन् । तीमध्ये मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ ।

त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ यही पक्रिया नै हर्निया भएको हो । 

यो रोग लाग्ने मुख्य कारणहरू 

– हर्निया हुने मुख्य कारणहरूमा सबैभन्दा पहिलो मोटोपना हो । 

–अर्को भनेको जो व्यक्तिहरू लामो समयसम्म धूम्रपान गर्छ, धेरै भारी कामहरू गर्छ, गह्रुङ्गो कुराहरू उचाल्छन् उनीहरूलाई यो समस्या बढी मात्रामा देखिन्छ । मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर हुन्छ । जसकारण हर्निया हुने सम्भावना अधिक हुन्छ । धूम्रपान गर्नेहरूको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रा भएर बस्दा पनि हर्निया हुन सक्छ । 

–वृद्धहरूमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्छ । बल गर्दा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना हुन्छ । 

–कब्जियत भइराख्ने बिरामीमा  पनि हर्निया हुन्छ किनभने दिसा गर्न बलको प्रयोग गर्नुपर्छ, जसकारण मांसपेशी कमजोर हुन्छ । दमको बिरामी जसलाई अत्यधिक खोकी आउँछ उनीहरूमा पनि हर्निया हुने सम्भावना हुन्छ । 

यो रोग लाग्न नदिन के गर्ने ?

–मुख्य कुरा भनेको तौललाई नियन्त्रणमा राख्नुहोस् । 

–पौष्टिक खाना खानुहोस् । मांसपेशी बलियो बनाउन प्रोटिन डाइट लिनुहोस् ।

–धूम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ । 

–पिसाबसम्बन्धी रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् । धेरै भारी तौल नउचाल्नुहोस् । 

–एकै पटक अत्यधिक र चाँडै चाँडै सिँढी नचढ्नुहोस् । पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?