मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ नीताको फिल्म ‘ह्रस्व दीर्घ’ मा हरिहरको ‘क्यारेक्टर लुक्स’ 

काठमाडौँ – अभिनेत्री नीता ढुंगाना र र हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरिएको छ।

हरिहरको जन्मदिनको अवसर पारेर सार्वजनिक पोस्टमा उनको क्यारेटर लुक्स देख्न सकिन्छ । 

पोस्टरमा उनको क्यारेक्टरका दुई स्वरूप देख्न सकिन्छ। एउटामा पुजारी जस्तो र अर्कोमा एक्सन लुक्समा देखिएका उनको अघि भगवान शिवको वाहन नन्दी र हतियार त्रिशूल देख्न सकिन्छ । 

सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै नीताले हरिहरलाई ‘ह्याप्पी बर्थडे हिरो ’ लेखेकी छिन् भने हरिहरले पनि फिल्मको पोस्टर आफ्नो वालमा सेयर गरेका छन्। 

चन्द्र पन्तको निर्देशन रहेको फिल्म दसैँको अवसर पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउनेछ।

फिल्ममा नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायतको अभिनय छ ।

फिल्ममा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम तथा विजय रावतको समेत देखिने छन् । कबीर लालले फिल्मलाई छायाङ्कन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?