काठमाडौँ – दिसा गर्ने बेला नसकी जब बल प्रयोग गर्नुपर्ने अवस्था आयो भने त्यो कब्जियत हो । बिहान उठ्दा र दिनमा एकपटक पनि राम्रो सँगसँग दिसा भएन भने पनि कब्जियत भन्ने बुझ्नुपर्दछ ।
पछिल्लो समय कब्जियत आम नेपालीको समस्या हो । असन्तुलित जीवनशैलीका कारण कब्जियतको समस्या दैनिक जसो बढ्दो छ । तयारी खानेकुरा, भुटेका, तारेका चीजको प्रयोग नै कब्जियतको मुख्य कारक भएको बताउँछन् डाक्टरहरु । लामो समयसम्म औषधीको सेवन गर्नेहरुलाई पनि कब्जियतको समस्या हुनेगर्छ ।
खाली पेट नै दिन बिताउने र पाएको बेला अधिक खानाले पनि समस्या झन् बढ्ने हुन्छ । बदलिँदो जीवनशैलीका कारण पनि कतिपयको भान्सामा मसलेदार र स्वादले भरिएका खानेकुराले धेरै ठाउँ पाउन थालेको छ । जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिदैन । स्वादको पछि लाग्दा त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गरेको छ भन्ने कुरा हामीले भुलेका हुन्छौं ।
कब्जियत खराब दिनचर्या र खानपानको कारण हुनेगर्छ । त्यसैले सक्रिय जीवन विताउनुपर्छ । शारीरिक व्यायाम ध्यान दिनुपर्छ । त्यही अनुसार स्वस्थ्य र पच्ने भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । दिसापिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।
कसरी पाउने यसबाट छुटकारा ?
खानामा सागपात, मौसमी तरकारीको प्रयोग बढाउने
धेरै पोलिस नगरिएका खाद्यान्नको प्रयोग गर्ने
भान्सामा मैदाभन्दा पनि चोकरयुक्त आँटाको प्रयोग गर्ने
पानी प्रशस्तै पिउने
तनाव कम गर्ने
सकेसम्म औषधीहरुको प्रयोग कम गर्ने
मौसम अनुसारको फलफूल जस्तैः नासपाती,क्राक्रो,मेवालाई आफ्नो खाजा, खानामा समावेश गर्ने
बोक्रासँगै पकाएको दाल प्रयोग गर्ने
गहुँको दलिया, मकैको भात खाने
बेलुकाको भोजनमा सकेसम्म अन्न गेडागुडी नखाने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया