मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त

काठमाडौँ – इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ ।

गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ ।

सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । 

इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकाशमै ध्वस्त बनाएको जानकारी दिएको छ ।

इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?