मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चौथो सातामा ‘महाजात्रा’, कति गर्‍यो कमाई ?

काठमाडौँ –‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ ।

देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट अनुसार ‘महाजात्रा’ ले विदेशमा अघिल्ला नेपाली चलचित्रको रेकर्ड ब्रेक गरिसकेको छ । पछिल्लो समय विश्वस्त हुन् नसकेका दर्शकले ‘महाजात्रा’ हेर्न परिवार नै लिएर हल आउन बाध्य भएको एमएसएमले जनाएको छ ।

फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मलाई प्राप्त शोमा दर्शकको उपस्थिति बलियो देखिएको जानकारी दिए ।

यसले उत्साहित उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको बताए ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।  

अहिले पनि फिल्मको अकुपेन्सी हिजोबाट प्रदर्शनमा आएको ‘डिग्री माइला’को भन्दा बढी देखिएको छ भने हाउसफुल पनि भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?