काठमाडौँ – फिल्म ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
नयाँ वर्षको दिन पारेर सार्वजनिक गरिएको फर्स्टलुकमा नेपालको झन्डा र शान्तिको प्रतिक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राखिएको छ भने अग्र भागमा कलाकारहरू छन् ।
जहाँ कलाकारहरू बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराल गम्भीर भावमा चित्रित छन् भने रोशन श्रेष्ठ र आयुषा समाल अँगालोमा देखिएका छन् ।
नर प्रधानको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फिल्मलाई यस वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान हुन् ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको संयुक्त प्रस्तुतिमा निर्माण भएको यो फिल्मले नेपाली भाषाको इतिहासलाई बुझाउने जनाइएको छ ।
जसमा सौरभ लामाको छायाङ्कन, दीपक शर्माको सङ्गीत, शिवम् अधिकारीको लेखन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दुई चरणको छायाङ्कन पूरा भइसकेको यो फिल्मको अब तेस्रो चरणको छायाङ्कन क्यानडामा गर्ने तयारीमा निर्माण टिम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया