काठमाडौँ– बजारमा हरेक दिन नयाँ फोन सार्वजनिक भइरहेका कारण मानिसहरूले हरेक १ देखि २ वर्षमा आफ्नो स्मार्टफोन परिवर्तन गर्ने एक अध्ययनले देखाएको छ ।
यस्तो अवस्थामा कतिपयले आफ्नो पुरानो स्मार्टफोन बिक्री पनि गर्ने गर्छन् । तर, आफूले चलाउँदै आएको पुरानो फोन बिक्री गर्नुअघि तपाईँले धेरै कुराको हेक्का राख्नुपर्छ भन्ने कुरा कतिपय मानिसहरूलाई हुँदैन ।
तपाइले आफ्नो पुरानो फोन बेच्नुअघि यी ५ कुरामा ध्यान दिनु अति आवश्यक हुन्छ :
– यदि तपाई ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने आफ्नो ह्वाट्सएप अकाउन्टको ब्याक अप राख्न नबिर्सिनुहोस् ।
– सिम कार्ड तथा ई–सिम प्रयोगकर्ता हुनुहुन्छ भने यस्ता अनिवार्य निकालेर इ सिमको प्रोफाइल डिलिट गर्ने
– सोसल मिडिया तथा बैङ्किङ एप डिलिट गर्ने
– स्मार्टफोनमा रहेका सबै अकाउन्ट लग आउट गरिसकेपछि फोनलाई रिसेट गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया