मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि २०८१ साल शुरु, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौँ – विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ ।

आज मिति आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार अर्थात् विक्रम संवतको पात्रोअनुसार  हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ।

नयाँ वर्ष, नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाइन्छ ।

वसन्त ऋतु अर्थात् लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहू कुहू र अन्य चराहरूको चिरबिरले सजिएको यो सुन्दर र  मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ ।

 यो अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

यहि कारण आज धार्मिक र पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको घुइँचो छ । काठमाडौँ उपत्यका स्थान ठमेल दरबारमार्ग,नजिकैको स्थान नगरकोट,सुकुटे देखि बन्दीपुर,पोखरा लगायतका स्थानमा पर्यटकहरू खचाखच छन् ।

जसले नयाँ वर्ष २०८१ मा देश तथा विदेशबाट आउने पर्यटकहरूले होटेल व्यवसायहरुको राम्रो व्यापार बढाउने सङ्केत गरेको भन्दै व्यवसायीहरूमा देखिएको आशा केही मात्रामा पुरा भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?