मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाको तालुमा तेल लगाउँदै हुनुहुन्छ ? विचार गर्नुहोस् यी कुरा

हाम्रो नेपाली समाजमा कैयौँ वर्षदेखि चलिआएको चलन हो बच्चाहरूको तालुमा तेल लगाउने । तर यो बच्चाको स्वास्थ्यका हिसाबले त्यति धेरै स्वस्थकर नभएको चिकित्सकहरू बताउँछन् ।

बच्चाको तालुमा तेल लगाउनै नहुने हैन तर धेरै मात्रामा तेल लगाउँदा र तेर तालुमा जम्मा पारेर राख्दा बच्चालाई हानी समेत गर्ने सक्छ । 

तालुमा तेल पटक पटक लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि सङ्क्रमण हुन्छ । यसकारण सबै जनाले बुझ्नुपर्छ कि तेलको लेपले तालु पुरिने हैन तालु केही समयपछि आफै पुरिन्छ ।

टाउकोमा बिस्तारै तेलको लेप लगाएर मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन भन्ने सल्लाह दिन्छन् चिकित्सकहरू । त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल थोपर्दा त सङ्क्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ ।

खुल्ला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ । नत्र तेल गनाउँछ अनि लुगामा पनि लाग्छ र त्यो लुगा धुँदा पनि तेलको गन्ध रहिरहन्छ । 

टाउकोमा तेलको लेप लगाएर टोपीले छोप्ने गर्नुहुन्न । तर यसो गर्दा आमा बच्चा दुवै नियमित सफा गर्नु जरुरी छ । तेल मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ ।

पछि सुत्केरी तङ्ग्रिएपछि तातो पानीले नुहाए हुन्छ । यसले मन र शरीरमा ताजापन ल्याउँछ ।

त्यसैगरी बालबालिकाको जिउमा घाउ भयो भने निमको पात उमालेर त्यो पानीले जिउ नुहाइदिने पुरानो चलन नै हो पनि बिर्सिएर अहिले अनेक थरिका साबुन प्रयोग गरिन्छ ।

“निमको पातमा ‘विभिन्न कीटाणु विरुद्ध लड्ने शक्ति हुन्छ” त्यसैले बच्चाहरूलाई निमको पात उमालेर त्यसको पानीले नुवाइदिदा राम्रो हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?