काठमाडौँ– मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जालको एप ह्वाट्सएपले च्याट सजेशनको सुविधा दिने भएको छ ।
प्रयोकर्ताहरुको सम्भावित नयाँ कुराकानीहरूलाई जोड्नका लागि ह्वाट्सएपले यो फिचर ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
च्याट बक्ससँगै रहेको ‘स्टाट च्याटीङ’ नामक अप्सनमा ह्वाटसएपले कुरा गर्नका लागि च्याट सजेशन गर्नेछ भने च्याट अप्सन मन नपरेमा बन्द समेत बन्द गर्न मिल्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
ह्वाट्सएपका अनुसार च्याट सजेस्ट गर्ने फिचरले नयाँ कुराकानी सुरु गर्नका लागि सम्भावित रूपमा बिर्सिएका सम्पर्कहरूलाई सुझाव दिने, बिर्सिएका र सम्पर्क गर्ने मौका नपाएका कन्ट्याक्ट पत्ता लगाउन सहयोग गर्ने बताइएको छ ।
यो फिचर हाल केही बिटा परीक्षकहरूका लागि मात्रै उपलब्ध गराइएको छ । अन्य प्रयोगकर्ताहरूका लागि पनि यो सुविधा छिट्टै उपलब्ध हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया