मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्युतीय किट्ली ‘जग’लाई सरल र भरपर्दो तरिकाले कसरी सफा गर्ने ?

काठमाडौं – अहिले मौसम जाडोको छ । जाडोमा तातो पानी पिउन पाए तातो र न्यानो भएको महसुस तपाई हामी सबैलाई हुन्छ । तर हाम्रो घरमा भएको पानी तताउने विद्युतीय किट्लीलाई हामीले कहिले सफा गरेका छौ त ?

विद्युतीय किट्लीलाई तपाईंले सोचेभन्दा सरल तरिकाले सामग्री सफा गर्न सकिन्छ । विद्युतीय किट्लीको भित्री भाग पानीसँग सम्पर्क हुन्छ । तर विद्युतीय भागहरूमा भने पानीसँग सम्पर्क हुँदैन । तर त्यसो भन्दैमा सामान्य भाँडाकुँडाहरू जस्तै पानीले प्रत्यक्ष सफा गर्ने अथवामा बिजुलीमा सम्पर्क हुने किट्लीको भागमा पानी पसाउनु हुँदैन । यसो हुँदा सर्ट सर्किट हुने सम्भावना हुन्छ । तर हामीले विभिन्न तरिकाबाट विद्युतीय किट्ली सफा गर्न सक्छौं । ती मध्येको एक सरल र भरपर्दो उपाय साइट्रिक एसिड प्रयोग गर्नु हो ।

विद्युतीय किट्ली सफा गर्नुअघि भित्री भागमा केही चिज अड्किएको वा फोहोर जमे÷नजमेको हेर्नुहोस् । यसले कहाँ सफा गर्ने भन्ने कुरा थाहा पाइन्छ । कतिपय अवस्थामा किट्लीको भित्री भागमा खियाको दाग हुन्छ भने फिल्टरमा केही वस्तु जमेर बसेका हुन्छन् । यसपछि तपाईं निम्न तरिका अपनाउन सक्नुहुन्छः

किट्ली आधा भरिने गरी पानी भर्नुहोस् । अब दुई चम्चा जति साइट्रिक एसिडको पाउडर हाल्नुहोस् । यदि तपाईंसँग साइट्रिक एसिड छैन भने डिस्टिल्ड भिनेगर अथवा कागतीको रस प्रयोग गर्न सक्नुहुन्छ । तर खिया लागेको दाग हटाउन साइट्रिक एसिड उत्तम विकल्प हुने गर्छ । त्यति गरेपछि किट्लीमा भएको उक्त पानी उमाल्नुहोस् । पानी उमालिसकेपछि केहीबेर चिस्याउनुहोस् ।

किट्लीको टुटीभित्र हुने सानो फिल्टर हटाउनुहोस् (यदि तपाईंसँग छ भने)। त्यो फिल्टर हटाउन सजिलो हुन्छ । त्यस फिल्टरलाई भर्खरै उमालेको पानीमा हाल्नुहोस् । र, करिब २०–३० मिनेट त्यतिकै छाड्नुहोस् । तपाईंले यो समयमा पानी उमाल्नु पर्दैन । २०÷३० मिनेट भएपछि उक्त फिल्टरलाई किट्लीको पानीबाट हटाउनुहोस् । त्यहाँ लागेको खियाको रङ्ग गए÷नगएको हेर्नुहोस् ।

यदि खिया हटेन भने बोटल ब्रस अथवा सफा गर्ने सामान प्रयोग गर्नुहोस । अब यति सबै गरेपछि सफा पानीले किट्ली पखाल्नुहोस् । तर यदि गर्दा पनि किट्ली सफा भएन भने किट्लीभित्र साइट्रिक एसिड छर्केर पेस्ट बनाएर सफा कपडाले त्यसलाई हटाउने प्रयास गर्नुहोस् । र पुनः माथिको प्रक्रिया दोहो¥याउनुहोस् ।

सो समयमा फिल्टरमा जमेका स–साना वस्तुहरूलाई टुथपिक प्रयोग गरेर हटाउनुहोस् । पुनः किट्लीको पानी तातेपछि त्यसलाई चिस्याउनुहोस् । अघि जस्तै किट्लीको भित्री भाग सफा गर्नुहोस् । अब किट्लीको बाहिरी भाग सफा गर्नुपर्ने हुन्छ । किट्लीको बाहिरी भाग प्रायः स्टेनलेस स्टिलले बन्ने हुँदा तपाईंले सुक्का माइक्रोफाइफर कपडामा गर्न सक्नुहुन्छ । त्यसपछि किट्ली सफा गर्ने तपाईंको काम सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?