मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन लोकप्रिय छ ‘स्न्यापच्याट’ ?

काठमाडौँ– पछिल्लो समय ‘स्न्यापच्याट’ धेरै प्रयोगकर्ताहरूमाझ लोकप्रिय छ । को प्रयोगबारे नसुन्ने सायदै होला ।

‘स्न्यापच्याट’ सन् २०२३ मा विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालहरूको सुचीमा आठौँ नम्बरमा परेको थियो । ‘स्न्यापच्याट’ को आधिकारिक वेबसाइटका अनुसार विश्वभर स्न्यापच्याटका प्रयोगकर्ता ६० करोड छन् । 

फोटो तथा सानो आकारका भिडियो खिच्न र साथीहरूलाई शेयर गर्नका लागि धेरै मानिसहरूले यसको प्रयोग गर्ने गर्छन् ।

यसमा अफलाइनमा पनि प्रयोग गर्न मिल्ने स्न्यापच्यटका धेरै विशेषताहरू छन् जुन धेरै मानिसलाई थाहा नहुन पनि सक्छ । आज हामी तपाईँलाई स्न्यापच्याटका केहि मुख्य बिशेषताको वारेमा जानकारी दिँदै छौ । 

यस्ता छन् ‘स्न्यापच्याट’ का विशेषता :

– च्याट गरेका सबै कुराकानी २४ घण्टापछि स्वतः हराउने फिचर ।

– च्याट बक्समा फोटो तथा भिडियो सेभ गर्न सकिने ।

– धेरै फिल्टरहरू उपलब्ध हुनु ।

– च्याट र भिडियो तथा अडियो कल फिचर ।

– भिडियो तथा फोटोको लागि स्टोरेज ।

– स्न्याप ‘स्ट्रिक’ र स्कोरको दुनियाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?