गर्मी बढेसँगै हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छीपना, आलस्यता तथा ऊर्जाको कमी जस्ता लक्षणहरू देखिने गर्दछ । त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ ।
गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छौँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो शरीर फुर्तिलो बनाइराख्न सक्छौँ, आलस्यतालाई हटाउन सक्छौँ ।
गर्मी मौसममा हामीले खानपिनको तालमेल मिलाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौँ ।
–मौसम शुरु भए पछि ताजा खाना खानुपर्छ र व्यायाम पनि नियमित रूपमा गरिरहनु पर्दछ ।
–गर्मीमा पकाएको भोजन तुरुन्त नै खानुपर्छ । गर्मी मौसममा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ ।
– बिहान उठेपछि एक गिलास मन तातो पानीमा कागती र एक चम्चा मह मिसाएर खानु पर्दछ । यसले तपाइको शरीरलाई दिनभरि फुर्तिलो बनाइ राख्दछ ।
–धेरै लामो समय सम्म खाली पोट बस्नु हुँदैन किन भने पोषक तत्त्वको कमी हुन पुग्दछ । गर्मी याममा चिया कफी कमै सेवन गर्नुपर्छ । खाना खानु भन्दा अगाडि वा दिउसोको समयमा आइस, जुस, दही, लस्सी, सात, कागती पानी, वेल सर्बत ,नरिवल पानी उखुको जुस पिउनु उपयुक्त हुन्छ ।
–गर्मी मौसम शुरु भएपछि आफ्नो घरमा जीवनजल, पुदिना, ग्लुकोज जस्ता कुरा राख्नुपर्छ । मिठाइ खान मन लाग्यो भने गुलियो फलफूल खानु पर्दछ । यसले तपाइको मिठाइको स्वाद दिन्छ साथै मोटोपन बढाउन दिँदैन ।
–घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन । जङ्ग फुड बाट सावधान रहनुपर्दछ । गर्मी याममा सब्जी खादा क्यालोरी कम वा पानीको मात्रा धेरै भएको पचाउन सहज हुने खानु उपयुक्त हुन्छ ।
–गर्मीमा हामीलाई राम्रो लुगा लगाएर हिँड्न मन पर्छ त्यसका लागि हाम्रो शरीर फिट र स्मार्ट हुनु पर्दछ । यसका लागि बिहान सबेरै उठेर योगा वा एक्सरसाइज गर्नु र साँझपख हिँड्नु राम्रो हुन्छ ।
–बिहान ५, ६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५, २० मिनेटको हिंडाई पनि राम्रो हुन्छ ।
–गर्मीमा दैनिक रूपमा तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यास गर्नु भन्दा पहिला र पछि पानी वा तरल पदार्थ पिउनु पर्छ । खाना खाइसकेपछि सुप वा फलफूल खानुपर्छ यसले खानालाई ब्यालेन्समा राख्ने गर्दछ । खानामा मसला प्रयोग कमै मात्रामा गर्नुपर्दछ ।
–डब्बामा बनाइने अचार भन्दा ताजा बनाएर खानु उपयुक्त हुन्छ । साथै डब्बामा राखेको जुसबाट पनि जोगिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया